काठमाडौं । मीड सोलु हाइड्रोपावर कम्पनीको आइपीओ आज बुधबार (असोज १० गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार आज साँझ ५ बजे आइपीओ बाँडफाँट गर्ने समय तालिका तय भएको छ ।
मीड सोलुको आइपीओ मा मागभन्दा २४.३४ गुणा बढी आवेदन परेको छ ।
यसमा १३ लाख ५४ हजार ८४६ जनाले कुल १ करोड ५१ लाख २२ हजार २५० कित्ताका लागि आवेदन दिएका छन् । जसमा ६२ हजार ११८ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १२ लाख ९२ हजार ७२८ जनाको भने हात खाली हुनेछ ।
कम्पनीले भदौ २९ गतेदेखि असोज २ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गरेको थियो । कम्पनीले कर्मचारीलाई १४ हजार ९६८ कित्ता र म्युचुअल फन्डलाई ३७ हजार ४२० कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याएको थियो ।
टिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्रा एनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।






































