काठमाडौँ । बाजेको सेकुवा प्रालिले आफ्नो जारी पूँजीको २० प्रतिशत हिस्सा सर्वसाधारणलाई बिक्री गर्ने तयारी अघि बढाएको छ। यसका लागि कम्पनीले विशेष साधारण सभा बोलाएको छ।
असार १८ गते बसेको सञ्चालक समितिको बैठकले साउन १ गते बिहान ११ बजे काठमाडौँको बत्तिसपुतलीस्थित कम्पनीको दर्ता कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो।
सभामा सर्वसाधारणका लागि सेयर निष्कासन (आईपीओ) सम्बन्धी प्रस्तावमाथि छलफल गरी पारित गर्ने कार्यसूची राखिएको छ।
यसका अतिरिक्त, आईपीओ प्रक्रिया अघि बढाउन आवश्यक प्रबन्धपत्र संशोधन, बिक्री प्रबन्धक नियुक्ति तथा सम्बन्धित सम्झौताहरू गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव समेत पेश गरिनेछ।
आईपीओबाट प्राप्त रकमको उपयोगका विषयमा समेत सभाले आवश्यक निर्णय गर्ने कम्पनीले जनाएको छ।






























