National life

राहत वितरणमा ‘हामी नेपाल’लाई मात्रै प्राथमिकता दिएको भन्दै कांग्रेसको आपत्ति

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२० दिन अगाडि|१४ भदौ २०८३, आइतबार
922Shares
राहत वितरणमा ‘हामी नेपाल’लाई मात्रै प्राथमिकता दिएको भन्दै कांग्रेसको आपत्ति
ncell

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नागरिकका लागि सङ्कलित राहत सामग्री वितरणमा गृहमन्त्री सुधन गुरुङनिकट संस्था ‘हामी नेपाल’लाई मात्रै प्राथमिकता दिइएको भन्दै आपत्ति जनाएका छन्।

नेपाली कांग्रेसले आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको बाढीपहिरो विपद् व्यवस्थापनसम्बन्धी बैठकमा आङ्देम्बेले राहत वितरणमा सबै पक्षलाई समान अवसर दिनुपर्ने बताएका हुन्।

आङ्देम्बेका अनुसार राहत सामग्री सरकारले चिनेका वा सरकारमा रहेका व्यक्तिनिकट संस्थामार्फत मात्रै वितरण भइरहेको गुनासो आएको छ। यस्तो अवस्था भएमा वास्तविक प्रभावितसम्म समयमै राहत पुग्न नसक्ने भन्दै उनले स्थानीय तह, जिल्ला प्रशासन तथा राज्यले मान्यता दिएका विभिन्न सङ्घसंस्थामार्फत समेत राहत वितरणको व्यवस्था गर्नुपर्ने बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले रसुवामा पर्याप्त राहत सामग्री नपुगेको गुनासो आएको पनि बताए। नुवाकोटको विदुरमा राहत सामग्री थुप्रिएको अवस्थामा भोटेकोशी बाढीबाट बढी प्रभावित रसुवामा राहत नपुग्नु उचित नभएको उनको भनाइ थियो।

आङ्देम्बेले विपद्को समयमा कांग्रेसले समेत राजनीतिक प्रचारभन्दा मानवीय सेवामा प्राथमिकता दिनुपर्ने बताए। नेपाल तरुण दललगायत पार्टीका भ्रातृ संस्थालाई पार्टीको झन्डा बोकेर राहत वितरण नगर्न निर्देशन दिइएको उनले जानकारी दिए।

यसैगरी, उनले भोटेकोशी र त्रिशूली नदीमा बाढीका कारण पुलहरू बगेकाले तत्काल आवागमन सहज बनाउन वैकल्पिक रूपमा तुइनको व्यवस्था गर्न प्रधानमन्त्री बालेन्द्र शाहसँग आग्रह गरिएको बताए।

आङ्देम्बेले बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोलीलाई तत्काल प्रवेशको अनुमति दिनसमेत प्रधानमन्त्रीसँग माग गरिएको जानकारी दिए। नेपालका उद्धार टोलीबाट मात्रै ठूलो विपद्को उद्धार सम्भव नहुने भन्दै उनले अन्तर्राष्ट्रिय उद्धार टोलीलाई समेत प्रभावित क्षेत्रमा पुग्ने वातावरण बनाउनुपर्ने बताएका छन्।

यो समाचार शेयर गर्नुहोस्
922SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?