National life

बाढी प्रभावित रसुवाका लागि अष्ट्रेलियाले पठाउँदैछ ५० लाख डलर बराबरको सहायता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२२ दिन अगाडि|१२ भदौ २०८३, शुक्रबार
1KShares
बाढी प्रभावित रसुवाका लागि अष्ट्रेलियाले पठाउँदैछ ५० लाख डलर बराबरको सहायता
ncell

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि अष्ट्रेलिया सरकारले ५० लाख अष्ट्रेलियन डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।

अष्ट्रेलिया सरकारले शुक्रबार जारी गरेको विज्ञप्तिमा बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक उद्धार, राहत तथा पुनःस्थापनाका लागि उक्त सहयोग उपलब्ध गराउने उल्लेख गरेको हो। बाढीका कारण सडक तथा पुलमा ठूलो क्षति पुगेकाले धेरै समुदाय अझै बाहिरी सम्पर्कबाट विच्छेद रहेको र प्रभावित क्षेत्रमा पुग्न कठिन भइरहेको भन्दै अष्ट्रेलियाले तत्काल मानवीय सहायता आवश्यक रहेको जनाएको छ।

अष्ट्रेलियाली सरकारका अनुसार बाढीमा कम्तीमा ३९ जना अष्ट्रेलियाली नागरिक बेपत्ता भएको जानकारी प्राप्त भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनीहरूको अवस्थाबारे जानकारी लिनुका साथै प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन अष्ट्रेलियाली अधिकारीहरू सक्रिय रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रभावित अष्ट्रेलियाली नागरिकलाई सहयोग गर्न अष्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभागले थप कर्मचारी परिचालन गरेको छ। नेपालस्थित अष्ट्रेलियाली दूतावासका कर्मचारीसँगै संकट प्रतिकार्य टोलीका एक सदस्य र क्षेत्रीय कन्सुलर अधिकारीलाई काठमाण्डौमा परिचालन गरिएको छ। थप क्षेत्रीय तथा संकट प्रतिकार्य टोलीका कर्मचारी परिचालन गर्ने तयारीसमेत भइरहेको अष्ट्रेलियाले जनाएको छ।

अष्ट्रेलियाले आगामी ४८ घण्टाभित्र तीन जना मानवीय सहायता विशेषज्ञको प्रारम्भिक टोली नेपाल पठाउने तयारी गरेको छ। ‘अष्ट्रेलिया असिस्ट्स’ कार्यक्रमअन्तर्गत आउने उक्त टोलीले काठमाण्डौस्थित अष्ट्रेलियाली अधिकारीसँग समन्वय गरी मानवीय अवस्थाको मूल्यांकन, व्यवस्थापन, सञ्चार तथा राहत योजनामा सहयोग गर्नेछ। टोलीमा मानवीय सहायता तथा विपद् व्यवस्थापनका विशेषज्ञ रहनेछन्।

घोषित ५० लाख अष्ट्रेलियन डलर बराबरको सहायता स्थापित साझेदार संस्थामार्फत खाद्यान्न, आपत्कालीन आश्रय, स्वच्छ खानेपानी, सरसफाइ तथा अन्य अत्यावश्यक सेवाका लागि परिचालन गरिने अष्ट्रेलियाले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?