National life

रसुवामा भोटेकोशीमा अचानक बाढी, जलविद्युत् आयोजना र बस्तीमा क्षति भएको आशंका

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२४ दिन अगाडि|१० भदौ २०८३, बुधबार
928Shares
रसुवामा भोटेकोशीमा अचानक बाढी, जलविद्युत् आयोजना र बस्तीमा क्षति भएको आशंका
ncell

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट अचानक ठूलो बाढी आएको छ। बाढीका कारण नदी आसपासका क्षेत्रमा ठूलो क्षति भएको प्रारम्भिक जानकारी आए पनि यकिन विवरण भने अझै प्राप्त हुन सकेको छैन।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बाढीले तल्लो तटीय क्षेत्रमा रहेका जलविद्युत् आयोजनासहित बस्तीमा समेत क्षति पुर्‍याएको खबर आएको छ। उनका अनुसार बाढी अप्रत्याशित रूपमा आएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

परियारले नेपाली भूभागमा ठूलो वर्षा नभएकाले बाढी तिब्बततर्फबाट आएको हुनसक्ने बताए। उनका अनुसार रसुवाको धुन्चे आसपासमा अघिल्लो रात सामान्य वर्षा भए पनि बाढी आउने गरी वर्षा भएको थिएन।

बाढीका कारण नदी आसपासका क्षेत्रमा उद्धार तथा क्षतिको विवरण संकलनमा समेत कठिनाइ भइरहेको छ। नेपाली सेनाको हेलिकप्टरबाट प्रभावित क्षेत्रको निरीक्षण सुरु गरिएको छ।

प्रमुख जिल्ला अधिकारी परियारका अनुसार अहिले प्रभावित क्षेत्रको अवस्था र क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ। थप विवरण प्राप्त भएपछि बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन अवस्था खुल्नेछ।

यो समाचार शेयर गर्नुहोस्
928SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?