National life

भोटेकोशी–त्रिशूली बाढीको कहालीलाग्दो दृश्य : एउटै घरभित्र २४ शव भेटिए

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१८ दिन अगाडि|१६ भदौ २०८३, मङ्गलबार
1.2kShares
भोटेकोशी–त्रिशूली बाढीको कहालीलाग्दो दृश्य : एउटै घरभित्र २४ शव भेटिए
ncell

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित एउटै घरबाट २४ वटा शव निकालिएको छ। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि खोजीका क्रममा ती शव फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार बेत्रावतीमा रहेको उत्तरगया मिनी मार्ट भएको घरबाट २४ वटा शव निकालिएको हो।

उनका अनुसार प्रहरी टोलीले आफ्नो क्षमताले भ्याएसम्म खोजी गर्दा ती शव फेला पारेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त क्षेत्रका अन्य स्थानमा समेत खोजी कार्य जारी रहेको र थप शव भेटिन सक्ने प्रहरीले जनाएको छ।

फेला परेका शवको मुचुल्का तयार पारेर पहिचान गर्ने प्रक्रिया अघि बढाइएको छ। हालसम्म कुनै पनि शवको सनाखत हुन नसकेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए।

मुचुल्काको प्रक्रिया पूरा भएपछि शवलाई पोस्टमार्टमका लागि काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाइने प्रहरीले जनाएको छ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले नुवाकोटसहित आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो। सोही बाढीका कारण बेत्रावतीस्थित एउटै घरभित्र ठूलो संख्यामा मानिस मृत अवस्थामा फेला परेका हुन्।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?