National life

बैंकिङदेखि कृषिसम्म अनुभव बोकेका भरतराज ढकाल कांग्रेस केन्द्रीय सदस्यको दौडमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२० असोज २०८३, मङ्गलबार
457Shares
बैंकिङदेखि कृषिसम्म अनुभव बोकेका भरतराज ढकाल कांग्रेस केन्द्रीय सदस्यको दौडमा
ncell

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता भरतराज ढकालले पार्टीको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । 

युवा उद्यमी तथा सफल बैंकर्स ढकालले पेशागत विज्ञको क्लस्टरतर्फबाट केन्द्रीय सदस्यमा मंगलबार उम्मेदवारी दिएका हुन् ।

ढकाल लामो समयदेखि बालबालिका, वातावरण, सहकारी, बैंक तथा वित्तीय संस्था र कृषि क्षेत्रमा काम गर्दै आएका विज्ञको रूपमा परिचित रहेका छन् ।

भरतराज ढकालको पृष्ठभुमि र योगदान

भरतराज ढकाल स्याङ्जाको दुर्गम गाउँ फापरथुममा जन्मिएका हुन् । ढकालको शिक्षा–दीक्षा पोखरा र काठमाडौंमा सम्पन्न भयो । शिक्षामा स्नातकोत्तर (एमबीए)सम्मको अध्ययन गरेका ढकालले राजनीति मात्र होइन, व्यावहारिक विकासको मोडेल पनि स्याङ्जाबाटै सुरु गरे । उनको दूरदृष्टिको उदाहरणका रूपमा मुक्तिनाथ विकास बैंकलाई लिइन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सशस्त्र जनयुद्धको बेला स्याङ्जा जिल्लाका बैंक तथा वित्तीय संस्था विस्थापित हुँदा सामान्य वित्तीय सेवा पाउन पनि स्थानीयले कठिनाइ भोग्नु परेको थियो ।

स्थानीयले भोगिरहेको यही समस्याले ढकाललाई वित्तीय पहुँच विस्तार गर्न प्रेरित गरेको थियो । वि.स. २०५६ मा उनले रोयल सहकारी संस्था स्थापना गर्दै स्याङ्जाका गाउँ–गाउँमा लघुवित्त कार्यक्रम सुरु गरे । महिलाको सशक्तीकरणमा जोड दिँदै साना बचत समूह, साना कर्जा वितरण र वित्तीय जागरण अभियान पनि ढकालले अघि बढाए, जसले त्यहाँका हजारौँ महिलामा आत्मनिर्भरता र आत्मविश्वास ल्याएको थियो ।

वि.स. २०६० सालदेखि उनले जिल्लामा लघुवित्त विस्तार गर्दै महिला समूह निर्माण र व्यवसायिक तालिमको अवसर पनि प्रदान गरे । पछि स्याङ्जा जिल्लामा पहिलो स्थानीय बैंक ‘मुक्तिनाथ विकास बैंक’ स्थापना गर्दै उनले वित्तीय पहुँच र उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान दिए ।

स्याङ्जामै निजी क्षेत्रको पहिलो बैंकको रूपमा स्थापना गरिएको मुक्तिनाथ विकास बैंक आज देशकै अग्रणी विकास बैंकमध्ये एक बनेको छ । बैंकिङ सेवामार्फत दुर्गम क्षेत्रसम्म वित्तीय पहुँच विस्तार गर्नु उनको प्रमुख उपलब्धिमध्ये एक हो ।मुक्तिनाथ विकास बैंक स्थापना भएको १० वर्षमै राष्ट्रिय स्तरको वित्तीय संस्था बन्न सफल भयो ।

nic asia capital

उद्यमशीलता र कृषि क्षेत्रको विकासमा योगदान

समय बित्दै गयो । वि.स. २०७५ मा ढकालले उच्च तलबको पद छोडेर कृषिमा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यसहित मुक्तिनाथ कृषि कम्पनी स्थापना गरे ।

“गाउँको उत्पादन सहरमा, सहरको पुँजी गाउँमा” भन्ने सिद्धान्तलाई आधार बनाएर उक्त कम्पनीले सातै प्रदेशमा हजारौँ कृषकलाई व्यवसायिक कृषि परामर्श, तालिम, उपकरण, मलखाद तथा बजार उपलब्ध गराउँदै आइरहेको छ ।

ढकाल कृषि क्षेत्रको सम्भावनालाई व्यवहारमा उतार्न नीतिगत सुधार अपरिहार्य ठान्छन् । यही दृष्टिकोणले उनी आज उम्मेदवार बनेर जनतासँग प्रत्यक्ष संवादमा छन् ।

व्यावसायिक रूपमा स्याङ्जा रोयल बहुउद्देश्यीय सहकारी, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ कृषि कम्पनीलगायत संस्थामा नेतृत्व गरिसकेका ढकाल कृषि, सहकारी र वित्तीय क्षेत्रलाई जोडेर विकास गर्न सकिन्छ भन्ने सोचका पक्षधर हुन् ।

मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनी जस्ता संस्थामा योगदानमार्फत उनी दूरदर्शी र व्यावहारिक विकासका मोडेल प्रस्तुत गर्दै आएका छन् । ढकालको नेतृत्वले स्याङ्जाको विकासलाई मात्र होइन, राष्ट्रिय स्तरमा आर्थिक समृद्धि र समावेशी प्रगतिमा पनि सकारात्मक भूमिका खेल्ने उनका समर्थकहरुको विश्वास छ।

यो समाचार शेयर गर्नुहोस्
457SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?