National life

भोटेकोशी बाढीबारे मन्त्री महावीर पुनले दिए आठ बुँदे जानकारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२४ दिन अगाडि|१० भदौ २०८३, बुधबार
871Shares
भोटेकोशी बाढीबारे मन्त्री महावीर पुनले दिए आठ बुँदे जानकारी
ncell

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबारे आठ बुँदे जानकारी दिएका छन्।

मन्त्री पुनका अनुसार तिब्बतमा हिमताल फुटेपछि आएको बाढीले रसुवाको टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्रमा ठूलो क्षति पु¥याएको छ।

उनले बाढीबाट करिब २०० मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरू पूर्ण रूपमा क्षतिग्रस्त भएको जानकारी दिएका छन्।

पुनले दिएको जानकारीअनुसार उद्धार तथा राहतका लागि ११ वटा हेलिकोप्टर परिचालन गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
घाइतेहरूलाई त्रिशूली जिल्ला अस्पतालमा ल्याएर उपचार गर्ने व्यवस्था मिलाइएको छ भने अन्य प्रभावितका लागि धुन्चेमा बस्ने व्यवस्था गरिएको छ।

त्यस्तै, उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोली प्रभावित क्षेत्रतर्फ परिचालन गरिएको उनले बताएका छन्।

भोटेकोशी नदीको शिरतर्फ बाढीको बहाव घट्दै गए पनि तल्लो क्षेत्रमा भने बाढीको प्रभाव बढ्दै गएको र मुग्लिनसम्म पुग्न लागेको मन्त्री पुनले बताएका छन्।

विपद् व्यवस्थापन तथा उद्धारका लागि आवश्यक बजेटको व्यवस्था सरकारले गरिसकेको पनि उनले जानकारी दिएका छन्।

मन्त्री पुनले दिएको आठ बुँदे जानकारी ः

१. तिब्बतमा हिमताल फुटेपछि भोटेकोशीमा बाढी आएको।

२. टिमुरे, रसुवागढी र स्याफ्रुबेँसीमा अत्यधिक क्षति पुगेको।

३. करिब २०० मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरू पूर्ण रूपमा क्षतिग्रस्त भएको।

४. उद्धारका लागि ११ वटा हेलिकोप्टर परिचालन गरिएको।

५. घाइतेलाई त्रिशूली जिल्ला अस्पतालमा ल्याएर उपचार गर्ने तथा अन्य प्रभावितका लागि धुन्चेमा बस्ने व्यवस्था गरिएको।

६. उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोली परिचालन गरिएको।

७. भोटेकोशीको शिरतर्फ बाढी घट्दै गए पनि तल्लो क्षेत्रमा बाढी मुग्लिनतर्फ बढिरहेको।

८. विपद् व्यवस्थापनका लागि आवश्यक बजेटको व्यवस्था सरकारले गरेको।

यो समाचार शेयर गर्नुहोस्
871SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?