National life

भोटेकोशी बाढीको कहरः मृतक संख्या ६२६ पुग्यो, उद्धार अभियान तीव्र

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२१ दिन अगाडि|१३ भदौ २०८३, शनिबार
3.1kShares
भोटेकोशी बाढीको कहरः मृतक संख्या ६२६ पुग्यो, उद्धार अभियान तीव्र
ncell

काठमाडौं । रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल प्रहरीले शनिबार दिउँसो २ः५० बजे सार्वजनिक गरेको विवरणअनुसार बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा गरी ६२६ जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार रसुवामा १३, धादिङमा ४९, गोरखामा ५४ र नवलपरासी पूर्वमा १५८ जनाको शव फेला परेको छ। त्यस्तै, नुवाकोटमा ४१, चितवनमा २३३, तनहुँमा ३१ र नवलपरासी पश्चिममा ४७ जनाको शव भेटिएको प्रहरीले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बाढी प्रभावित विभिन्न क्षेत्रबाट शनिबार दिउँसोसम्म २ हजार ३०१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रसुवाबाट ६७६, नुवाकोटबाट १ हजार ६२२ र धादिङबाट ३ जनाको उद्धार गरिएको छ।

प्रहरीको पछिल्लो विवरणअनुसार काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचार तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या १४० रहेको छ।

बाढी प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा बेपत्ता नागरिकको खोजी, उद्धार तथा राहत कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेका छन्।

यो समाचार शेयर गर्नुहोस्
3.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?