National life

भोटेकोशीमा फेरि लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२२ दिन अगाडि|१२ भदौ २०८३, शुक्रबार
1.1kShares
भोटेकोशीमा फेरि लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह
ncell

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना आएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतले सूचना जारी गर्दै भोटेकोशी र त्रिशूली नदी किनारमा उद्धार, राहत तथा अन्य कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक र अन्य व्यक्तिलाई विशेष सावधानी अपनाउन आग्रह गरेकी हुन्।

प्राधिकरणका अनुसार माथिल्लो क्षेत्रमा थप बाढी आउन सक्ने जोखिम अझै कायम रहेकाले नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकले अवस्था असुरक्षित देखिए तत्काल सुरक्षित स्थानमा जानुपर्नेछ।

भोटेकोशी तथा त्रिशूली नदी आसपास उद्धार र राहतमा खटिएका व्यक्तिलाई समेत जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नबस्न प्राधिकरणले आग्रह गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नदीको बहावमा अचानक वृद्धि हुन सक्ने भएकाले उद्धार तथा राहतका क्रममा समेत विशेष सावधानी अपनाउन भनिएको छ।

यसैबीच, चीनतर्फ पहिरोका कारण थुनिएर बनेको ताल वा बाँध पुनः फुटेको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ। त्यसपछि नदी तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

माथिल्लो क्षेत्रबाट थप पानी र लेदो नेपालतर्फ आउन सक्ने सम्भावनाका कारण भोटेकोशी तथा त्रिशूली नदी प्रणालीको तल्लो तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने सम्बन्धित निकायहरूले जनाएका छन्। सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदीको अवस्था निरन्तर निगरानी भइरहेको छ।

प्राधिकरणले अर्को सूचना जारी नभएसम्म नदी किनार, बगर तथा कमजोर भूभागमा नजान आग्रह गरेको छ। साथै स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने निर्देशनको पूर्ण रूपमा पालना गर्न समेत नागरिकलाई अनुरोध गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?