काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट मृत्यु भएकामध्ये हालसम्म ७६८ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो २ बजेसम्म विभिन्न जिल्लाबाट ती शव फेला परेका हुन्।
प्रहरीका अनुसार सबैभन्दा धेरै शव चितवनमा भेटिएका छन्। चितवनमा २६४, पूर्वी नवलपरासीमा १९४, पश्चिम नवलपरासीमा १००, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ शव फेला परेको प्रहरीले जनाएको छ।
बाढी तथा विपद्मा परेका २ हजार ७१५ जना घाइते तथा अन्य व्यक्तिको उद्धार गरिएको पनि प्रहरीले जनाएको छ।
यसैगरी, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये १६० जना उपचारपछि डिस्चार्ज भएर घर फर्किएका छन्।





































