काठमाडौं । चीनले नेपालमा बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि २० लाख अमेरिकी डलर नगद सहयोग उपलब्ध गराउने भएको छ।
परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार चीनले राहत सामग्री बोकेका दुईवटा कार्गो विमानसँगै सुरुङसम्बन्धी विज्ञहरूको दुईवटा टोली नेपाल पठाउँदैछ। त्यसै क्रममा नेपाली सरकारलाई २० लाख अमेरिकी डलर नगद सहयोगसमेत उपलब्ध गराउन लागेको हो।
चीनले विपद् प्रभावित क्षेत्रमा आवश्यक राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त सहायता पठाउन लागेको जनाइएको छ।
यसअघि अन्य मुलुकले समेत नेपालमा आएको विपद्प्रति सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन्। भारतले राहत सामग्री नेपाल पठाइसकेको छ भने आवश्यकताअनुसार थप सहयोग उपलब्ध गराउने जनाएको छ।
विपद्बाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय सहयोग जुटिरहेका बेला चीनको नगद तथा सामग्रीसहितको सहयोगले राहत अभियानमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।


































