National life

विपद्को जोखिम बढेपछि स्वास्थ्य आपतकालीन केन्द्र सक्रिय

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२४ दिन अगाडि|१० भदौ २०८३, बुधबार
845Shares
विपद्को जोखिम बढेपछि स्वास्थ्य आपतकालीन केन्द्र सक्रिय
ncell

काठमाडौं । सम्भावित विपद् तथा आपतकालीन अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र सक्रिय बनाएको छ।

मन्त्रालयका अनुसार आपतकालीन स्वास्थ्य सेवा तथा उद्धार व्यवस्थापनका लागि नेपाल रेडक्रस, लायन्स क्लब, नेपाल स्काउट, बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, काठमाडौंस्थित संघीय अस्पताल र रक्तसञ्चार केन्द्रहरूसँग आवश्यक समन्वय भइरहेको छ।

विपद्का कारण घाइते तथा बिरामीको संख्या बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै काठमाडौंका अस्पतालमा उपलब्ध तथा खाली बेडको विवरण अद्यावधिक गरी आवश्यकताअनुसार बिरामी व्यवस्थापनको तयारी गरिएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, एम्बुलेन्स तथा आवश्यक स्वास्थ्य सेवाका साधनहरूलाई समेत तयारी अवस्थामा राखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मन्त्रालयले आपतकालीन स्वास्थ्यसम्बन्धी सहयोग, जानकारी तथा समन्वयका लागि हेल्पलाइन १११५ मा सम्पर्क गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
845SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?