National life

रसुवा बाढी : खाद्यान्न, स्वास्थ्य र खानेपानीका लागि ईयूको २० लाख युरो सहयोग

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२१ दिन अगाडि|१३ भदौ २०८३, शनिबार
2.4kShares
रसुवा बाढी : खाद्यान्न, स्वास्थ्य र खानेपानीका लागि ईयूको २० लाख युरो सहयोग
ncell

काठमाडौं । युरोपियन युनियन (ईयू) ले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार तथा राहतका लागि नेपाललाई २० लाख युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ।

ईयूले शनिबार विज्ञप्ति जारी गर्दै बाढी प्रभावित क्षेत्रमा खाद्यान्न, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी, सरसफाइ तथा आपत्कालीन आश्रयलगायत अत्यावश्यक सेवा उपलब्ध गराउन उक्त रकम परिचालन गरिने जनाएको हो।

ईयूबाट सहयोग प्राप्त साझेदार संस्थाहरूले प्रभावित क्षेत्रमा राहत तथा उद्धारसम्बन्धी काम सुरु गरिसकेका छन्। बाढीपछि नेपालमा रहेका साझेदार संस्थाले पूर्वतयारी अवस्थामा राखिएका आश्रय तथा राहत सामग्री वितरण गर्दै तत्काल प्रतिकार्य सुरु गरेको ईयूले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ईयूका अनुसार यसपटकको २० लाख युरो सहायता यस वर्षको सुरुआतमा नेपालमा विपद् पूर्वतयारीका लागि छुट्याइएको करिब ३० लाख युरो मानवीय सहयोगभन्दा अतिरिक्त हो।

बाढीपछिको प्रतिकार्य समन्वय गर्न ईयूले एसियाका लागि ‘र्‍यापिड रेस्पोन्स कोअर्डिनेटर’ समेत परिचालन गर्ने भएको छ। स्थानीय उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन प्रभावित क्षेत्रको नक्साङ्कनका लागि ईयूले ‘कोपरनिकस’ भू–उपग्रह सेवा पनि सक्रिय गरेको जनाएको छ।

ईयू कमिस्नर फर प्रिपेयर्डनेस एन्ड क्राइसिस म्यानेजमेन्ट हाड्जा लाहबिबले बाढीका कारण सडक बग्नुका साथै गाउँहरू सम्पर्कविहीन बनेको र धेरै परिवार आफ्ना सम्पर्कविहीन आफन्तको खोजीमा रहेको बताएका छन्।

उनका अनुसार पछिल्ला विपद्बाट पुनर्निर्माणको क्रममा रहेका समुदायलाई समेत बाढीले थप प्रभावित बनाएको छ। ईयू प्रभावित समुदायको साथमा रहेको उल्लेख गर्दै तत्काल आवश्यक स्वास्थ्य सेवा, खाद्यान्न, स्वच्छ पानी तथा आश्रयका लागि २० लाख युरो सहायता उपलब्ध गराइएको उनले बताएका छन्।

यो समाचार शेयर गर्नुहोस्
2.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?