National life

चीनले भन्यो– सीमा नजिक बनेको तालमा पानी बढ्दैछ, बाढीको जोखिम उच्च

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२३ दिन अगाडि|११ भदौ २०८३, बिहिबार
921Shares
चीनले भन्यो– सीमा नजिक बनेको तालमा पानी बढ्दैछ, बाढीको जोखिम उच्च
ncell

बेइजिङ । नेपाल–चीन सीमा नजिकै दुई नदीको संगमस्थल आसपास ठूलो जलाशय बनेपछि चीनले सम्भावित बाढीको जोखिमलाई उच्च प्राथमिकतामा राखेर निगरानी तथा तयारी थालेको छ।

चिनियाँ जलस्रोत मन्त्रालयका अनुसार नेपालतर्फबाट बगेको लेदोसहितको पहिरोका कारण छोचेन खोला र पुरेपु साङ्पो नदीको दोभान नजिकै पानी थुनिएर ठूलो ताल बनेको हो। बिहीबार बिहानसम्म उक्त जलाशयमा करिब २० लाख घनमिटर पानी जम्मा भएको अनुमान गरिएको छ।

पानी तालबाट बाहिरिन थाले पनि आगामी तीन दिनमा थप करिब ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने चिनियाँ अधिकारीहरूको आकलन छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पानीको मात्रा निरन्तर बढेमा ताल फुटेर तल्लो क्षेत्रमा ठूलो बाढी आउन सक्ने जोखिम रहेको जनाइएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै चिनियाँ जलस्रोत अधिकारीहरूले तालको अवस्थालाई निरन्तर निगरानी गरिरहेका छन्। ताल फुटेमा बाढी कसरी फैलिन सक्छ भन्ने विषयमा विभिन्न सम्भावित अवस्थाको अध्ययन र बाढीको नमुना विश्लेषणसमेत भइरहेको छ।

यसैबीच, नेपाल–चीन सीमाको नेपाली भूभागबाट आएको ठूलो पहिरो र लेदोसहितको बाढीले चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत जिरोङ नाका आसपाससमेत क्षति पुर्‍याएको छ। त्यसपछि चिनियाँ पक्षले प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि विभिन्न टोली परिचालन गरेको छ।

भौगोलिक रूपमा कठिन क्षेत्र, निरन्तर वर्षा र थप विपद्को सम्भावनाका बीच चिनियाँ जनमुक्ति सेना, इन्जिनियरिङ टोली, दूरसञ्चार सेवा प्रदायक तथा राहत संस्थाहरूले उद्धार कार्यलाई तीव्रता दिएका छन्। उद्धार तथा राहतका लागि आवश्यक उपकरण, विमान र सामग्रीसमेत परिचालन गरिएको जनाइएको छ।

यो समाचार शेयर गर्नुहोस्
921SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?