National life

बाढीमा ज्यान गुमाउनेको संख्या ४७५ पुग्यो, सयौँ अझै बेपत्ता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२२ दिन अगाडि|१२ भदौ २०८३, शुक्रबार
924Shares
बाढीमा ज्यान गुमाउनेको संख्या ४७५ पुग्यो, सयौँ अझै बेपत्ता
ncell

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर मृत्यु हुनेको संख्या ४७५ पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार बिहानसम्म विभिन्न जिल्लामा गरी ४७५ जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा २७ र चितवनमा १७९ जनाको शव भेटिएको छ। त्यस्तै, गोरखामा ४४, तनहुँमा २८ र नवलपरासी पूर्वमा ११० जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बाढीका कारण अझै धेरै व्यक्ति सम्पर्कविहीन रहेकाले उनीहरूको खोजी तथा उद्धार कार्य जारी छ। सम्पर्कविहीन नागरिकको खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकायबाट ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ।

सुरक्षा निकायले प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा खोजी अभियानलाई तीव्र बनाउँदै बेपत्ता नागरिकको अवस्था पत्ता लगाउने प्रयास गरिरहेको जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
924SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?