National life

बाढी प्रभावितलाई भारतको थप सहयोग, ११ टन राहत सामग्रीसहित चौथो विमान आयो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२० दिन अगाडि|१४ भदौ २०८३, आइतबार
1.7kShares
बाढी प्रभावितलाई भारतको थप सहयोग, ११ टन राहत सामग्रीसहित चौथो विमान आयो
ncell

काठमाडौं । भारतले नेपालका बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्यका लागि थप सहयोग उपलब्ध गराएको छ। भारतले ११ टन राहत सामग्री र प्राविधिक टोलीसहितको चौथो विमान नेपाल पठाएको हो।

भारतीय विदेशमन्त्री डा. एस.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जयशंकरले आइतबार सामाजिक सञ्जालमार्फत भारतबाट राहत सामग्रीसहितको चौथो विमान नेपालका लागि प्रस्थान गरेको जानकारी दिएका छन्। उनले विपद्को यस कठिन समयमा नेपालको उद्धार तथा राहत प्रयासमा भारतको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

भारतीय वायुसेनाको सी–१३० विमानमार्फत विपद् व्यवस्थापन तथा उद्धारका लागि आवश्यक उपकरणसहित सुरुङ उद्धारसम्बन्धी प्राविधिक टोली नेपाल आइपुगेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ। यस्तै, शव तथा अन्य नमुनाको पहिचानका लागि डीएनए विश्लेषण गर्न आवश्यक उपकरणसहित फरेन्सिक विशेषज्ञहरूको टोली पनि नेपाल आएको छ।

भारतले पठाएको राहत सामग्रीमा कम्बल, सुत्ने झोला, त्रिपाल, प्लास्टिकका सिट तथा सरसफाइका सामग्रीलगायत रहेका छन्। यो भारतले नेपाल पठाएको चौथो खेपको सहायता हो।

बाढीपहिरोका कारण सडक तथा पुलमा ठूलो क्षति पुगेपछि यातायात तथा आवागमन सहज बनाउन भारतले संरचनागत सहयोगसमेत अघि बढाएको छ। विदेशमन्त्री जयशंकरका अनुसार २३० फिट लामो एक लेनको मोड्युलर स्टिल पुलका उपकरण बोकेका १६ वटा ट्रक नेपालतर्फ प्रस्थान गरिसकेका छन्।

यसैगरी, थप सातवटा बेली पुलका उपकरण र ती पुल जडान गर्ने प्राविधिक टोली पनि छिट्टै नेपाल आइपुग्ने जयशंकरले बताएका छन्।

भारतका अनुसार हालसम्म हवाई मार्गबाट ६८.५ टन राहत सामग्री काठमाडौं ल्याइसकिएको छ। यसअघि पठाइएका सामग्रीमा अत्यावश्यक औषधि, पोर्टेबल विद्युत् उत्पादन गर्ने उपकरण, तयारी खाना, पानी शुद्धीकरण गर्ने ट्याब्लेट तथा अन्य प्राविधिक उपकरण रहेका छन्।

भारतले नेपालमा बाढीपहिरोबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत तथा आवागमन पुनःस्थापनाका लागि आवश्यक सहयोगलाई निरन्तरता दिने जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?