National life

बाढीमा ज्यान गुमाएकाको डीएनए नमुना सुरक्षित, पहिचानपछि शव उत्खनन गर्न सकिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१८ दिन अगाडि|१६ भदौ २०८३, मङ्गलबार
980Shares
बाढीमा ज्यान गुमाएकाको डीएनए नमुना सुरक्षित, पहिचानपछि शव उत्खनन गर्न सकिने
ncell

काठमाडौं । बाढीमा परी मृत्यु भएका तर पहिचान हुन नसकेका तथा लामो समय पानीमा रहेका कारण सडेगलेका शवलाई नेपाल सरकारले अस्थायी रूपमा गाडेर व्यवस्थापन गरेको छ । परिवारले पछि विवरण मिलान गर्न सकून् भनेर शव गाड्नुअघि स्वास्थ्य टोलीले प्रत्येक मृतकको डीएनए नमुना संकलन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा पहिचान हुन नसकेका शवको डीएनए नमुना सुरक्षित राखिएको जानकारी दिएका हुन् । उनका अनुसार आवश्यक परेमा परिवारको पहिचान तथा धार्मिक संस्कारका लागि अस्थायी रूपमा गाडिएका शव उत्खनन गर्न अनुमति दिइनेछ । ‘मृतकहरूको पार्थिव शरीर, विशेषगरी पानीमा धेरै समयसम्म रहेका कारण पहिचान हुन नसक्ने र सडेगलेका शवहरूलाई अस्थायी रूपमा गाडिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पछि परिवारहरूले विवरण मिलान गर्न सकून् भनेर स्वास्थ्य टोलीले गाड्नुअघि प्रत्येक मृतकको डीएनए नमुना लिएको छ र आवश्यक धार्मिक संस्कारका लागि शव उत्खनन गर्न अनुमति दिइनेछ,’ उनले भने । 

उनले शव व्यवस्थापनका क्रममा सरकारले तय गरेका मापदण्ड तथा निर्देशिकाको पूर्ण रूपमा पालना गरिएको बताए ।

प्रवक्ता पौडेल क्षेत्रीका अनुसार हालसम्म प्रभावित क्षेत्रबाट ९०३ वटा शव निकालिएको छ भने करिब ४ हजार २०० जना अझै बेपत्ता छन्। उद्धार गरिएकामध्ये ३२३ जना विदेशी नागरिकसहित १० हजारभन्दा बढी व्यक्ति रहेका छन्। उपलब्ध तथ्यांकअनुसार ३८ देशका करिब ५९० जना विदेशी नागरिक अझै सम्पर्कविहीन छन् ।

शव पहिचान तथा व्यवस्थापनका लागि नेपालले अन्तर्राष्ट्रिय सहयोगसमेत परिचालन गरेको छ । भारतबाट डीएनए विश्लेषणमा विशेषज्ञता हासिल गरेको १८ सदस्यीय फोरेन्सिक टोली अगस्ट २९ देखि नेपालमा आएर काम गरिरहेको छ। त्यस्तै, सिङ्गापुरबाट विपद् पीडित पहिचान (डीभीआई) टोली परिचालन गर्ने विषयमा पनि समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

‘डीएनए विश्लेषणमा विशेषज्ञता हासिल गरेको भारतको १८ सदस्यीय फोरेन्सिक टोली अगस्ट २९ देखि यहाँ आइपुगेको छ । यस सम्बन्धमा सिङ्गापुरबाट विपद् पीडित पहिचान (डीभीआई) टोली परिचालन गर्ने समन्वय पनि भइरहेको छ,’ उनले भने । 

शव व्यवस्थापनका लागि नेपालले एयर–टाइट ब्याग समेत प्राप्त गरेको छ भने थप आवश्यक सामग्री आउने क्रममा रहेको प्रवक्ता पौडेल क्षेत्रीले बताए ।

उनका अनुसार सरकारले बेपत्ता व्यक्तिको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनालाई प्राथमिकतामा राख्दै उपलब्ध सम्पूर्ण स्रोत–साधन परिचालन गरेको छ । उद्धार तथा राहतका लागि भारतबाट आएको विशेष प्राविधिक टोली मैलुङ, चिलिमे र स्याफ्रुबेँसी क्षेत्रमा परिचालन गरिएको छ। चीनबाट आएको टोली माथिल्लो त्रिशूली–३ ‘ए’ को लुकु क्षेत्रमा तथा दक्षिण कोरियाको टोली पनि कार्यक्षेत्रमा खटिएको छ ।

प्रवक्ता पौडेल क्षेत्रीले विपद्सम्बन्धी सूचनामा आधिकारिक तथा प्रमाणीकृत तथ्यांकलाई मात्र आधार बनाउन सञ्चारमाध्यम र सर्वसाधारणलाई आग्रह गरेका छन्। उनका अनुसार उद्धार तथा खोजी कार्य अघि बढ्दै जाँदा थप प्रमाणीकृत तथ्यांक मन्त्रालयको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिनेछ ।

सरकारले प्रभावित क्षेत्रमा राहत तथा मानवीय सहायता जारी राखेको जनाएको छ। भारत, चीन, संयुक्त अरब इमिरेट्सलगायत विभिन्न देशबाट टेन्ट, कम्बल, स्लिपिङ ब्याग, खाद्यान्न, औषधि, जेनेरेटर, फ्रिजर, सोलार बत्ती, डीएनए परीक्षण किटलगायत सामग्री प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि क्षति र आवश्यकताको प्रारम्भिक मूल्यांकन भइरहेको र विस्तृत विपद्पश्चात्को आवश्यकता मूल्यांकन गर्ने तयारी भइरहेको पनि प्रवक्ता पौडेल क्षेत्रीले जानकारी दिए ।

यो समाचार शेयर गर्नुहोस्
980SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?