काठमाडौं । बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले घट्दै २ लाख ८३ हजार ५ सय रुपैयाँमा कायम भएको छ।
यसअघि मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ थियो। त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ।
मंगलबार प्रतितोला ४ हजार ५९० रुपैयाँ रहेको चाँदी आज १०५ रुपैयाँले घटेर ४ हजार ४८५ रुपैयाँमा झरेको छ।
बजारमा पछिल्लो समय अन्तर्राष्ट्रिय प्रभाव र माग–आपूर्तिको अवस्थाले बहुमूल्य धातुको मूल्यमा उतारचढाव देखिँदै आएको छ।





































