National life

ग्रेट वाल मोटरको नयाँ इलेक्ट्रिक एसयूभी ‘ओरा–०५’ नेपालमा लञ्च

४६.९९ लाखदेखि सुरु, लक्जरी फिचरसहित ओरा–०५ बजारमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|०९ असार २०८३, मङ्गलबार
964Shares
ग्रेट वाल मोटरको नयाँ इलेक्ट्रिक एसयूभी ‘ओरा–०५’ नेपालमा लञ्च
ncell

काठमाडौं । ग्रेट वाल मोटर (जीडब्लूएम) को विद्युतीय गाडी ‘ओरा–०५’ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरिएको छ। नेपालका लागि आधिकारिक वितरक भिजी इम्पेक्स प्रा.लि.ले सोमबार एक कार्यक्रममार्फत यो नयाँ मोडल सार्वजनिक गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीका अनुसार नेपाली सडक अवस्थालाई ध्यानमा राखेर तयार पारिएको यस गाडीमा सुरक्षा र कार्यक्षमता दुवै पक्षमा विशेष ध्यान दिइएको छ। यसमा प्रयोग गरिएको आधुनिक ‘ड्र्यागन आर्मर’ ब्याट्री आगो र पानीबाट सुरक्षित रहेको दाबी गरिएको छ, जसले एक पटकको पूर्ण चार्जमा करिब ५२० किलोमिटरसम्म यात्रा गर्न सक्ने बताइएको छ।

२०० एमएम ग्राउन्ड क्लियरेन्स भएको यस इलेक्ट्रिक एसयूभीमा ७ वटा एयरब्याग र २० भन्दा बढी स्मार्ट ड्राइभर सहायता प्रणालीहरू समावेश गरिएको छ। साथै, इन्टेरियरलाई आकर्षक बनाउन ३६० डिग्री क्यामेरा, सनरुफ र एम्बिएन्ट लाइट जस्ता सुविधाहरू उपलब्ध छन्।

यो गाडी नेपाली बजारमा दुई भेरियन्टमा ल्याइएको छ। मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र हाई भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।

कार्यक्रममा कम्पनीका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले भिडियो सन्देशमार्फत ओरा–०५ नेपाली ग्राहकका लागि आधुनिक र प्रिमियम विकल्प हुने विश्वास व्यक्त गरेका छन्। साथै, हरित ऊर्जामुखी यातायात विस्तारमा कम्पनी प्रतिबद्ध रहेको पनि जनाइएको छ।

भिजी इम्पेक्सले नयाँ मोडलले अघिल्लो संस्करणको सफलतालाई निरन्तरता दिने विश्वास व्यक्त गर्दै बिक्रीपछिको सेवामा समेत विशेष ध्यान दिने जनाएको छ। गाडी हाल देशभरका जीडब्लूएम सोरुमहरूमा अवलोकन तथा बुकिङका लागि उपलब्ध रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
964SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?