National life

नेपालको बाढीप्रति भारतद्वारा दुःख व्यक्त, उद्धार र राहतमा सहयोग गर्ने प्रतिबद्धता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२४ दिन अगाडि|१० भदौ २०८३, बुधबार
1.1kShares
नेपालको बाढीप्रति भारतद्वारा दुःख व्यक्त, उद्धार र राहतमा सहयोग गर्ने प्रतिबद्धता
ncell

काठमाडौं । भारतले नेपालमा बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद गरी बाढीमा ज्यान गुमाएका नागरिकप्रति समवेदना व्यक्त गरेका छन्।

मोदीले कठिन परिस्थितिमा भारतका जनता नेपाली दाजुभाइ तथा दिदीबहिनीको साथमा रहेको बताएका छन्। उनले नेपाललाई आवश्यक पर्ने सबै सम्भावित मानवीय सहायता उपलब्ध गराउन भारत तयार रहेको बताएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनका अनुसार नेपालमा जारी उद्धार तथा राहत प्रयासमा सहयोग पुर्‍याउन भारतीय टोलीहरूले सम्बन्धित निकायसँग नजिकबाट समन्वय गरिरहेका छन्।

भारतले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आवश्यक मानवीय सहयोग उपलब्ध गराउने जनाएको हो।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?