काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि किशोरसिंह राठौरले उम्मेदवारी घोषणा गरेका छन्। उनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सभापतिमा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेका हुन्।
राठौरले कांग्रेसलाई एकताबद्ध बनाउने र पार्टीभित्र कार्यकर्तालाई न्याय तथा मूल्य–मान्यताको राजनीतिक संस्कार स्थापित गर्ने एजेन्डासहित सभापतिमा अघि बढ्ने बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका लागि वर्तमान सभापति गगन थापा प्रमुख दाबेदारका रूपमा छन्। राठौरले थापासँग प्रतिस्पर्धा गर्ने घोषणा यसअघि नै गरिसकेका थिए।
यद्यपि राठौरको उम्मेदवारीका लागि महाधिवेशन प्रतिनिधि चयनको विषय महत्वपूर्ण बनेको छ। उनको निर्वाचन क्षेत्र बर्दिया–२ मा प्रतिनिधि छनोट प्रक्रिया ढिलो भएकाले उम्मेदवारी प्रक्रियामा त्यसको प्रभाव पर्न सक्ने देखिएको छ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मनोनयन प्रक्रिया अघि बढिरहेको छ।

































