National life

सभापतिका उम्मेदवार किशोरसिंह राठौरले लिए उम्मेदवारी फिर्ता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२१ असोज २०८३, बुधबार
558Shares
सभापतिका उम्मेदवार किशोरसिंह राठौरले लिए उम्मेदवारी फिर्ता
ncell

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राठौरले सभापति पदको उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्।

उनले सञ्चारकर्मीहरूसँग बोल्दै भने, ’ विशेष परिस्थितिमा महाधिवेशन हुन लागेको, पार्टी संकटमा रहेको अवस्थामा सभापतिले सहयोग गर्नु पर्यो भनेका कारण पार्टीको बृहत्तर एकताका लागि उम्मेदवारी फिर्ता गरेको छु।’

यसअघि मंगलबार बेलुकी अन्तिम उम्मेदवारी दर्ताको अन्तिम समयमा उनले सभापतिमा उम्मेदवारी दर्ता गराएका थिए । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले कुनै पनि नेतालाई निर्विरोध निर्वाचित हुने गरी चुनावमा जान नहुने भन्दै सभापति गगनकुमार थापाको जतिसुकै लोकप्रियता भए पनि चुनाव लड्ने बताउँदै आएका थिए । राठौरले उम्मेदवारी फिर्ता लिएसँगै सभापतिका लागि गगन थापासँग अब श्यामकृष्ण खड्कीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
558SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?