National life

बाढीले लाङटाङ आयोजना ध्वस्त, सुरुङभित्र फसेका ३५ मजदुरको उद्धारमा चुनौती

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२४ दिन अगाडि|१० भदौ २०८३, बुधबार
1.1kShares
बाढीले लाङटाङ आयोजना ध्वस्त, सुरुङभित्र फसेका ३५ मजदुरको उद्धारमा चुनौती
ncell

काठमाडौँ । रसुवामा आएको भीषण बाढीले २० मेगावाट क्षमताको लाङटाङ जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण आयोजनाको सुरुङभित्र काम गरिरहेका ३५ जना मजदुर फसेका छन् भने इन्जिनियरसहित थप २५ जना कर्मचारी सम्पर्कविहीन भएका छन्।

आयोजनाका प्रबन्ध निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालका सचिव विजयमोहन भट्टराईका अनुसार आयोजनामा कार्यरत करिब ६० जना मजदुर तथा कर्मचारी हालसम्म सम्पर्कमा आउन सकेका छैनन्।

नदीको सतहभन्दा करिब १०० मिटर माथि रहेको सुरुङमा काम गरिरहेका ३५ जना मजदुर बाढीपछि सुरुङभित्रै फसेको उनले जानकारी दिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनीहरूको तत्काल उद्धारका लागि सरकारसँग आग्रह गरिएको छ।

भट्टराईका अनुसार आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको थियो। सुरुङमा कङ्क्रिट गर्ने काम सकिन करिब दुई दिन मात्र बाँकी रहेको अवस्थामा तिब्बततर्फबाट आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुर्‍याएको हो।

सुरुङभित्र फसेका मजदुरबाहेक इन्जिनियर, ओभरसियर, भान्से तथा सवारी चालकसहित २५ जना कर्मचारी पनि सम्पर्कविहीन रहेको भट्टराईले बताए। आयोजनाको हेडवर्क्समा कार्यरत केही कर्मचारी भने सुरक्षित रहेको जानकारी प्राप्त भएको छ।

बाढीले आयोजनाको पावर हाउस पूर्णरूपमा बगाएर ध्वस्त बनाएको छ। सडक सञ्जाल अवरुद्ध हुनुका साथै टेलिफोन तथा सञ्चार सम्पर्कसमेत विच्छेद भएकाले उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ।

भट्टराईले निजी प्रयासमा हेलिकप्टरमार्फत उद्धारका लागि जाने प्रयास गरे पनि हेलिकप्टर उपलब्ध हुन नसकेको बताए। उनका अनुसार सरकारले विपद् व्यवस्थापनका लागि सबै हेलिकप्टर परिचालन गरिसकेकाले निजी प्रयासबाट समेत उद्धार गर्न कठिन भएको हो।

उनले आयोजनाको पुनर्निर्माणभन्दा अहिले सुरुङभित्र फसेका मजदुर र सम्पर्कविहीन कर्मचारीको जीवनरक्षा पहिलो प्राथमिकता भएको बताए।

‘ज्यान बचे आयोजना फेरि बनाउन सकिन्छ। त्यसअघि फसेका मजदुरलाई तत्काल उद्धार गर्न आवश्यक छ,’ भट्टराईले भने।

उनले सुरुङभित्र फसेका मजदुर तथा सम्पर्कविहीन कर्मचारीको तत्काल खोज तथा उद्धारका लागि सरकारसँग अपिल गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?