National life
cg eloctronics

कांग्रेसको सहमहामन्त्रीमा मनिषकुमार मिश्रको उम्मेदवारी दर्ता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२० असोज २०८३, मङ्गलबार
5.8kShares
कांग्रेसको सहमहामन्त्रीमा मनिषकुमार मिश्रको उम्मेदवारी दर्ता
muktinatha bikash bank

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश क्लस्टरतर्फ सहमहामन्त्री पदका लागि मनिषकुमार मिश्रले उम्मेदवारी दर्ता गराएका छन्।

मधेश क्लस्टरतर्फ सहमहामन्त्री पदमा आफ्नो उम्मेदवारी दर्ता गराउँदै मिश्रले कांग्रेसको संगठनलाई थप सुदृढ बनाउने तथा मधेशको प्रतिनिधित्वलाई प्रभावकारी बनाउने उद्देश्यसहित आफू अघि बढेको बताएका छन्।

कांग्रेसको राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका मिश्र केही समय पार्टीबाहिर रहेर मधेश केन्द्रित राजनीतिमा सक्रिय भएका थिए। महन्थ ठाकुरले कांग्रेस छाडेर नयाँ दल गठन गरेपछि मिश्र पनि उनीसँगै बाहिरिएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यसपछि ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा मिश्रले केन्द्रीय महासचिव तथा प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए। मधेश केन्द्रित राजनीतिमा सक्रिय रहेपछि उनी पुनः नेपाली कांग्रेसमा फर्किएका हुन्।

कांग्रेसमा फर्किएपछि सांगठनिक गतिविधिमा सक्रिय रहेका मिश्रले १५औँ महाधिवेशनमा मधेश क्लस्टरबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिएका हुन्।

everest bank

मधेश क्लस्टरतर्फ मिश्रको उम्मेदवारीले पनि कांग्रेसभित्रको पदाधिकारी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
5.8kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?