काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो।
बैठकमा रसुवामा आएको विनाशकारी बाढीबाट उत्पन्न अवस्थाबारे छलफल हुने बताइएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा समेत बैठकमा आवश्यक निर्णय हुन सक्ने जनाइएको छ।
यसका साथै मन्त्रिपरिषद् बैठकमा सरकारका नियमित कामकारबाही तथा समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ।

































