National life

नेशनल मेडिकल कलेजको उर्दीप्रति सरकारको माफी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२२ असोज २०८३, बिहिबार
345Shares
नेशनल मेडिकल कलेजको उर्दीप्रति सरकारको माफी
ncell

काठमाडौं । २४ दिनदेखि आन्दोलनरत वीरगञ्जस्थित नेशनल मेडिकल कलेजका आवासीय चिकित्सकको माग सम्बोधन गर्न सरकार अघि सरेको छ। चिकित्सकलाई १२ घण्टाभित्र होस्टेल तथा क्वार्टर खाली गर्न दिइएको निर्देशनप्रति सरकारले माफी माग्दै अध्ययन र काम गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार भएको छलफलमा शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झाले राज्यका तर्फबाट माफी मागेका हुन्। उनले कलेजले जारी गरेको सूचना आवेगमा आएको र व्यक्तिगत ‘इगो’समेत देखिएको बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चिकित्सकहरूले कलेजमा शान्तिपूर्ण वातावरण निर्माण गरी अध्ययन तथा सेवामा फर्कने अवस्था बनाउन माग गरेका छन्। उनीहरूले व्यावहारिक अभ्यासमा रोक लगाउने, धम्की दिने तथा मानसिक दबाब सिर्जना गर्ने गरिएको आरोपसमेत लगाएका छन्।

आवासीय चिकित्सक डा. अविश साहले प्राध्यापकको निगरानीमा समेत विद्यार्थीलाई बिरामी तथा उपचारका केसमा प्रत्यक्ष संलग्न हुन नदिइएको दाबी गरे। उनका अनुसार कतिपय चिकित्सक तेस्रो वर्षमा पुग्दासमेत पर्याप्त व्यावहारिक अभ्यासबाट वञ्चित छन्।

त्यस्तै, डा. अजरुद्धिन अन्सारीले कलेज प्रशासनबाट धम्की आउने गरेको आरोप लगाए। चिकित्सकहरूले कलेजमा ‘फेक फाइल’ र ‘फेक फ्याकल्टी’ रहेको दाबी गर्दै सूक्ष्म छानबिनको मागसमेत गरेका छन्।

सरकारले भने घटनालाई गम्भीर रूपमा लिएको भन्दै चिकित्सकका लागि छिट्टै सुरक्षित र अध्ययनमैत्री वातावरण बनाउने जनाएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
345SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?