National life

साताको पहिलो दिन नै सेयर बजारमा पहिरो: नेप्से ४३.८९ अंकले घट्दा लगानीकर्ता निराश

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१९ दिन अगाडि|१५ भदौ २०८३, सोमबार
3.4kShares
साताको पहिलो दिन नै सेयर बजारमा पहिरो: नेप्से ४३.८९ अंकले घट्दा लगानीकर्ता निराश
ncell

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार राताम्य भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४३ दशमलव ८९ अंकले घटेर २,५१३.४२ को विन्दुमा कायम भएको हो ।

आज दिनभरिमा ३४७ कम्पनीको ९३ लाख २२ हजार १८५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६४ करोड ८६ लाख ९ हजार ८७८ रुपैयाँको कारोबार भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सोमबार २१ कम्पनीको सेयर मूल्य बढ्दा २५३ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको स्थिर रहेको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, सर्वोत्तम पेन्ट्सको १५ करोड ९१ लाख रुपैयाँ र रिलायन्स स्पीनिङ मिल्सको १२ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सोमबार सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १३ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् । घोराही सिमेन्टका लगानीकर्ताले ७ दशमलव ५७ प्रतिशतका दरले र एनआइसी एशिया डिबेञ्चरका इकाईधनीले ६ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, आज सबैभन्दा धेरै मैलुङ खोलाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९८ प्रतिशतका दरले गुमाएका हुन् ।

यो समाचार शेयर गर्नुहोस्
3.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?