National life

बाढीपीडितको उद्धार र राहतका लागि नेप्सेले गर्‍यो १ करोड ११ लाख सहयोग

नेप्सेले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको हो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१८ दिन अगाडि|१६ भदौ २०८३, मङ्गलबार
1KShares
बाढीपीडितको उद्धार र राहतका लागि नेप्सेले गर्‍यो १ करोड ११ लाख सहयोग
ncell

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै नेप्सेले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको हो।

नेप्सेले १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न अर्थमन्त्रीलाई हस्तान्तरण गरेको जनाएको छ।

बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको नेप्सेले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

भोटेकोशी बाढीका कारण प्रभावित जिल्लामा ठूलो क्षति पुगेपछि सरकारी तथा गैरसरकारी क्षेत्रबाट राहत तथा उद्धारका लागि सहयोग जुट्ने क्रम जारी रहेको छ। नेप्सेले पनि विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा भएको जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?