National life
cg eloctronics

एनआईसी एशिया बैंकद्वारा डडेल्धुरा, रुकुम पश्चिम र अछामका सामुदायिक विद्यालयहरुमा सहयोग

विद्यालयमा गुणस्तरीय शिक्षासँगै प्रविधि पहुँच र प्रशासनिक काममा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
४ महिना अगाडि|१९ असार २०८३, शुक्रबार
1.2kShares
एनआईसी एशिया बैंकद्वारा डडेल्धुरा, रुकुम पश्चिम र अछामका सामुदायिक विद्यालयहरुमा सहयोग
muktinatha bikash bank

काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नवदुर्गा गाउँपालिका–१, असुर्पा, डडेल्धुरास्थित श्री भुवनेश्वरी माध्यमिक विद्यालय, मुसिकोट नगरपालिका–५ सेरीगाउँ, रुकुम पश्चिमस्थित श्री यमुनानन्द नमुना माध्यमिक विद्यालय, मंगलसेन नगरपालिका वडा नम्बर ९, ओलीगाउँ, अछामस्थित श्री मंगला नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र मंगलसेन नगरपालिका, वडा नम्बर १४, कालागाउँ, अछामस्थित श्री अन्नपूर्ण माध्यमिक विद्यालयलाई ल्यापटप, डेस्कटप कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर सहयोग उपलब्ध गराएको छ ।

बैंकले भुवनेश्वरी माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका १५३ भन्दा धेरै विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षामा सहयोग होस् भन्ने हेतुले २ वटा प्रोजेक्टर प्रदान गरेको छ । मिति २०८३ आषाढ १७ गते एक कार्यक्रमका बीच यस बैंकका डडेल्धुरा शाखा प्रमुख पदम राज भट्टले उक्त विद्यालयका प्रधानाध्यापक दीपक प्रसाद भट्टलाई उक्त प्रोजेक्टरहरु प्रदान गर्नुभयो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यसैगरी, १०८७ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत श्री यमुनानन्द नमुना माध्यमिक विद्यालयलाई बैंकले प्रिन्टर उपलब्ध गराएको छ । मिति २०८३ आषाढ १८ गते एक कार्यक्रमका बीच यस बैंकका रुकुम पश्चिम शाखा प्रमुख ओमकार घर्ती मगरले उक्त विद्यालयका प्रधानाध्यापक कम प्रसाद देवकोटालाई उक्त प्रिन्टर प्रदान गर्नुभयो ।

त्यसैगरी, गुणस्तरीय शिक्षा र प्रविधि पहुँचमा सहयोग पु¥याउन भन्दै बैंकले श्री मंगला नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई २ थान ल्यापटप, ४ थान डेस्कटप कम्प्युटर र एक थान प्रिन्टर प्रदान गरेको छ ।

मिति २०८३ आषाढ १८ गते एक कार्यक्रमका बीच ४८३ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत उक्त विद्यालयका लागि यस बैंकका साँफेबगर शाखा प्रमुख सुरेन्द्र बहादुर थापाले उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश बहादुर रावल र सोही विद्यालयका प्रधानाध्यापक तेज बहादुर रावललाई उक्त ल्यापटप, डेस्कटप कम्प्युटर र प्रिन्टर प्रदान गर्नुभयो ।

everest bank

यसैगरी, सोही दिन एक कार्यक्रमका बीच बैंकले ४०५ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत रहेको मंगलसेन नगरपालिका, वडा नम्बर १४ कालागाउँ, अछामस्थित श्री अन्नपूर्ण माध्यमिक विद्यालयलाई यस बैंकका साँफेबगर शाखा प्रमुख सुरेन्द्र बहादुर थापाले उक्त विद्यालयका प्रधानाध्यापक छत्र विक्रम रावललाई २ थान ल्यापटप, ४ थान डेस्कटप कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गर्नुभयो ।

बैंकले उक्त विद्यालयहरुलाई उपलब्ध गराएको सहयोगले विद्यार्थीहरुको पठनपाठनमा अझ धेरै सहजता हुनुको साथै विद्यालयमा गुणस्तरीय शिक्षासँगै प्रविधि पहुँच र प्रशासनिक काममा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?