National life

पोल्ट्री किसानको आक्रोश : बिचौलियाको ठगीदेखि भारतीय चल्लाको तस्करीसम्म रोक्न माग

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२६ दिन अगाडि|०८ भदौ २०८३, सोमबार
985Shares
पोल्ट्री किसानको आक्रोश : बिचौलियाको ठगीदेखि भारतीय चल्लाको तस्करीसम्म रोक्न माग
ncell

काठमाडौं । भारतीय कुखुरा तथा चल्लाको अवैध आयात नियन्त्रण गर्न माग गर्दै देशभरका पोल्ट्री किसानले सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।

किसानहरूले कृषि, वन तथा वातावरण मन्त्रालयमा १२ बुँदे मागपत्र बुझाउँदै स्वदेशी पोल्ट्री व्यवसायलाई संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

किसानहरूले आफ्नो उत्पादनको मूल्य निर्धारणमा किसानको समेत भूमिका सुनिश्चित गर्नुपर्ने माग गरेका छन्। उत्पादन लागत र लगानीलाई आधार बनाएर कुखुराको न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने उनीहरूको भनाइ छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, भारतबाट हुने कुखुरा तथा चल्लाको अवैध तस्करी तत्काल नियन्त्रण गर्नुपर्ने, गुणस्तरहीन चल्लाको बिक्री रोक्न नियमित अनुगमन गर्नुपर्ने र किसानलाई गुणस्तरीय दाना सहज रूपमा उपलब्ध गराउनुपर्ने माग गरिएको छ।

ह्याचरीले तोकेको मूल्यभन्दा महँगोमा चल्ला किन्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने तथा कुखुरा बिक्रीका क्रममा हुने तौलसम्बन्धी ठगी नियन्त्रण गर्नुपर्ने किसानहरूको माग छ। बिचौलियाले प्रतिकिलो १० देखि २० रुपैयाँसम्म रकम कटौती गर्ने र बजार मूल्य मनपरी घटाउने प्रवृत्ति रोक्न पनि उनीहरूले सरकारसँग आग्रह गरेका छन्।

उत्पादन बढी भएका बेला किसानले लागतभन्दा कम मूल्यमा कुखुरा बिक्री गर्नुपर्ने समस्या समाधानका लागि प्रत्येक प्रदेशमा सरकारी वा सहकारीस्तरका भण्डारण केन्द्र स्थापना गर्नुपर्ने माग पनि अघि सारिएको छ।

किसानका समस्या समाधान गर्न छुट्टै संयन्त्र गठन, दैनिक बजार मूल्यबारे पारदर्शी सूचना प्रणालीको विकास तथा आधुनिक प्रविधि, प्राविधिक सेवा र विज्ञ परामर्श उपलब्ध गराउनुपर्ने माग किसानहरूले राखेका छन्।

त्यसैगरी, कुखुरामा लाग्ने रोगको समयमै पहिचान र नियन्त्रणका लागि क्षेत्रगत रूपमा गुणस्तरीय प्रयोगशाला स्थापना गर्नुपर्ने उनीहरूको माग छ। किसानहरूले यी समस्या समाधान नभए स्वदेशी पोल्ट्री व्यवसाय थप संकटमा पर्ने भन्दै सरकारको तत्काल हस्तक्षेप आवश्यक रहेको बताएका छन्।

यो समाचार शेयर गर्नुहोस्
985SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?