National life

रसुवा, नुवाकोट र धादिङलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

आवश्यक काममा जुट्न सरकारको निर्देशन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२४ दिन अगाडि|१० भदौ २०८३, बुधबार
864Shares
रसुवा, नुवाकोट र धादिङलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
ncell

काठमाडौं । सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। मन्त्रिपरिषद्को आकस्मिक बैठकले तीन जिल्लालाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को आकस्मिक बैठकले बाढीबाट प्रभावित क्षेत्रमा आवश्यक उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

बैठकले संकटग्रस्त घोषित तीन जिल्लामा तत्काल आवश्यक पर्ने काम पहिचान गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै मन्त्रालयलाई जिम्मेवारीअनुसार सक्रिय हुन निर्देशन दिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सरकारले सम्बन्धित मन्त्रीहरूलाई आफ्नो मन्त्रालयको कार्यक्षेत्रअन्तर्गत आवश्यक पर्ने कामको पहिचान तथा समन्वयका लागि प्रभावित क्षेत्रमा नै पुगेर काम गर्नसमेत निर्देशन दिएको छ।

बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक पूर्वाधार व्यवस्थापनलाई तीव्रता दिन सरकारले तीन जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो।

यो समाचार शेयर गर्नुहोस्
864SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?