National life
cg eloctronics

५ महिनामै चाँदी आधाभन्दा बढी सस्तो, सुन पनि ओरालो - लगानीकर्ताले किन बेच्दैछन्?

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|११ असार २०८३, बिहिबार
1.6kShares
५ महिनामै चाँदी आधाभन्दा बढी सस्तो, सुन पनि ओरालो - लगानीकर्ताले किन बेच्दैछन्?
muktinatha bikash bank

काठमाडौं । केही महिनाअघि अन्तर्राष्ट्रिय बजारमा ऐतिहासिक उचाइमा पुगेका सुन र चाँदीको मूल्य अहिले तीव्र रूपमा घटिरहेको छ। जनवरीमा रेकर्ड स्तर छोएका दुवै बहुमूल्य धातु सात महिनायताकै न्यून मूल्यमा झरेका छन्।

गत जनवरी २९ मा चाँदीको मूल्य प्रतिऔंस १२१.६४ अमेरिकी डलरसम्म पुगेको थियो। त्यसयता लगातार ओरालो लागेको मूल्य हाल करिब ५७ डलरमा सीमित भएको छ। यसरी पछिल्लो पाँच महिनामा मात्रै चाँदीको मूल्य करिब ५४ प्रतिशतले घटेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यसअघि सन् २०२५ को अप्रिलमा प्रतिऔंस करिब ३० डलर रहेको चाँदी जनवरी २०२६ को अन्त्यसम्म आइपुग्दा ३०० प्रतिशतभन्दा बढीले बढेको थियो। तर उच्च बिन्दुबाट अहिले यसको मूल्यमा ठूलो गिरावट आएको छ।

सुनको मूल्यमा पनि उल्लेख्य कमी देखिएको छ। जनवरी अन्त्यतिर प्रतिऔंस ५ हजार ६०२ डलरसम्म पुगेको सुन हाल करिब ३ हजार ९६० डलरमा कारोबार भइरहेको छ। यस अवधिमा सुनको मूल्य झण्डै २९ प्रतिशतले घटेको छ।

everest bank

विश्लेषकहरूका अनुसार अमेरिकी डलर बलियो बन्नु, प्रविधि कम्पनीहरूको सेयरमा बिक्री चाप बढ्नु तथा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाउन सक्ने संकेत दिनु मूल्य घट्नुका प्रमुख कारण हुन्।

साक्सो बैंकका कमोडिटी रणनीति प्रमुख ओले एस. ह्यान्सेनका अनुसार बलियो डलर र प्रविधि क्षेत्रको कमजोरीले बहुमूल्य धातुको बजारमा दबाब सिर्जना गरेको छ। चिप निर्माता माइक्रोनको आम्दानी प्रतिवेदनलाई लिएर लगानीकर्तामा बढेको चिन्ताले प्रविधि कम्पनीहरूको सेयरमा बिक्री बढाएको र त्यसको असर सुन–चाँदी बजारमा समेत परेको विश्लेषण गरिएको छ।

जनवरीमा सुन र चाँदीको मूल्य ब्याजदर कटौतीको अपेक्षा, अमेरिकी व्यापार नीतिसम्बन्धी अनिश्चितता, अन्तर्राष्ट्रिय तनाव तथा प्रविधि उद्योगबाट बढ्दो मागका कारण उच्च स्तरमा पुगेका थिए। तर पछिल्ला महिनामा ब्याजदर कटौतीको सम्भावना कमजोर बन्दै जाँदा लगानीकर्ताले बहुमूल्य धातुबाट बाहिरिन थालेका छन्।

गत साता सम्पन्न फेडरल रिजर्भको बैठकले ब्याजदर यथावत् राख्ने निर्णय गरे पनि १८ मध्ये ९ जना अधिकारीले यस वर्ष कम्तीमा एकपटक ब्याजदर बढाउनुपर्ने धारणा व्यक्त गरेका छन्। विश्लेषकहरूका अनुसार आगामी महिनाहरूमा ब्याजदर वृद्धि भए सुन र चाँदीको मूल्यमा थप दबाब पर्न सक्छ।

सामान्यतया आर्थिक अनिश्चितता र भू–राजनीतिक तनावका बेला ‘सुरक्षित लगानी’ मानिने सुन तथा चाँदीले यसपटक भने अपेक्षाअनुसार प्रदर्शन गर्न सकेका छैनन्। मध्यपूर्वमा तनाव बढिरहेकै अवस्थामा पनि दुवै धातुको मूल्य लगातार घटिरहेको छ, जसले लगानीकर्ताको धारणा परिवर्तन भएको संकेत गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?