National life

त्रिशूली–३ ‘ए’को सुरुङभित्र मानिसको आवाज सुनिएको दाबी, उद्धार टोली सुरुङमा प्रवेश

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१५ दिन अगाडि|१९ भदौ २०८३, शुक्रबार
1.5kShares
त्रिशूली–३ ‘ए’को सुरुङभित्र मानिसको आवाज सुनिएको दाबी, उद्धार टोली सुरुङमा प्रवेश
ncell

काठमाडौँ । रास्वपा सांसद तथा इन्जिनियर श्रीराम न्यौपानेले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट मानिसको आवाज सुनिएको बताएका छन्।

उद्धार कार्यको सुरुदेखि नै घटनास्थलमा खटिएका न्यौपानेका अनुसार सुरुङभित्रबाट आवाज आएको जानकारी पाएपछि नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरेको छ। टोलीले उद्धार कार्यलाई तीव्र बनाएको उनले बताएका छन्।

न्यौपानेले सामाजिक सञ्जालमार्फत सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिनु आशाजनक संकेत भएको उल्लेख गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनका अनुसार उद्धारमा खटिएको टोलीले सुरुङभित्र रहेका व्यक्तिहरूलाई ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया आएको थियो।

उनले सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको समेत बताएका छन्। उद्धार टोलीले सुरुङभित्र रहेका व्यक्तिहरूसँग सम्पर्क स्थापित गरेपछि उनीहरूको उद्धारका लागि थप प्रयास भइरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?