National life

सुरुङको अन्तिम बिन्दुसम्म खोज्दा पनि मानिस भेटिएनन्, सेनाको टोली धुन्चे फर्कियो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२० दिन अगाडि|१५ भदौ २०८३, सोमबार
908Shares
सुरुङको अन्तिम बिन्दुसम्म खोज्दा पनि मानिस भेटिएनन्, सेनाको टोली धुन्चे फर्कियो
ncell

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित रसुवागढी जलविद्युत् आयोजना (आरएचपीएल) को सुरुङबाट नेपाली सेनाको टोली फर्किएको छ ।

सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको प्रधानमन्त्री बालेन शाहको सचिवालयले जानकारी गराएको छ ।

सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो ।

उक्त सुरुङको भित्री भाग अर्थात् अन्तिम बिन्दुसम्मै पुगेर ड्रोनसमेत उडाई खोजी गर्दा पनि मानवीय उपस्थिति नभेटिएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको हो ।

यो समाचार शेयर गर्नुहोस्
908SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?