National life

सानिमा रिलायन्स लाइफले गर्याे २० लाख रुपैयाँको दावी भुक्तानी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०५ असोज २०८०, शुक्रबार
375Shares
सानिमा रिलायन्स लाइफले गर्याे २० लाख रुपैयाँको दावी भुक्तानी
ncell

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको मिर्चैया शाखाले २० लाख ६६ हजार रुपैयाँ बीमा दावी भुक्तानी गरेको हो ।

कम्पनीले एक कार्यक्रम गरी सर्लाहीको ईश्वरपुर नगरपालिका ७ का नवीन कुमार यादवको परिवारलाई सो दावी रकम भुक्तानी गरेको छ । बीमितले वार्षिक धन फिर्ता जीवन बीमा अन्तर्गत् २० लाख रुपैयाँको बीमा गराएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जसमा उनले जम्मा २ किस्ता मात्र तिरेका थिए ।

तर, बीचमै क्यान्सरका कारण उनको मृत्यु भयो । बीमितको मृत्युपछि कम्पनीले बिहीबार उनको घरमै पुगी बुवा रामनन्दन राय यादवलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रदेश प्रमुख जयदेव गौतम, मिर्चैया शाखा प्रमुख कृष्ण कुमार गुप्ता, वरिष्ठ एजेन्सी म्यानेजर राजाराम यादव, ईश्वरपुर ७ का वडाध्यक्ष नाथुराम चौधरी लगायतको उपस्थिति रहेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
375SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?