National life

हिमालय लाइफद्वारा विभिन्न स्थानमा बीमा सम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२२ असोज २०८०, सोमबार
476Shares
हिमालय लाइफद्वारा विभिन्न स्थानमा बीमा सम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न
ncell

काठमाडौं । हिमालय लाइफ इन्स्योरेन्स लिमिटेडले विभिन्न स्थानमा बीमा सम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न गरेकाे छ । कम्पनीकाे सुदुरपश्चिम अन्तर्गत ,डडेल्धुरा उप प्रादेशिक कार्यालयले विभिन्न स्थानमा १ दिने जीवन बीमा सम्बधि सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

गत शुक्रबार बाजुर जिल्लाको मार्तडी स्थित बढिमालिका नगरपालिकाको ०८ को बाल मन्दिर निमाबीमा ,बैतडी जिल्ला को दसरथचन्द नगरपालिकाको सरस्वती आधारभुत स्कुल र गत आईतवार डडेलधुरा जिल्लाको पर्सुराम नगरपालिका स्थित त्रीबेणी बहुमुखी क्याम्पसमा जीवन बिमा सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको हो ।

जीवन बीमा सम्बन्धि सचेतता कार्यक्रममा जीबन बीमा के हो ,जीवन बीमाको महत्व र आवश्यक्ता किन छ ,जीवन बीमाले बहन गर्ने जोखिमहरु के कस्ता हुन्छ्न , आम नागरिकले जीवन बीमालाई किन बिश्वास गर्ने ,बीमा को नियमक निकाय हुन्छ हुदैन , लगायतको बिषयबस्तुमा छलफल गरिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यक्रममा बाजुरामा हिमालयन लाइफ बाजुरा उप शाखाको प्रमुख कविता पाध्यायले,बैतडीजिल्ला बैतडीको शाखा प्रमुख बिर्ख राज जोशीले र डडेलधुराको जोगबुडामा उप प्रदेश प्रमुख टेक राज आचार्यले प्रतुतिकरण राखेका थिए । कार्यक्रम सन्चालन शाखा प्रमुख दिवाकर अबस्थीले गरेका थिय। कार्यक्रममा करिब ३५० विद्यार्थी तथा शिक्षकको उपस्थिति रहेको थियो।

स्कुल तथा कलेजमा गरिने यसप्रकारको जनचेतना कार्यक्रमले बिद्यार्थीमार्फत परिवारमा बीमाको चेतना फैलाउन मद्दत पुग्ने बिचार उप प्रादेशिक कार्यालय प्रमुख टेक राज आचार्यले बताए ।

यो समाचार शेयर गर्नुहोस्
476SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?