National life

विदेशी मुद्राको नयाँ विनिमयदर, डलर र युरोको भाउ बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१६ जेठ २०८३, शनिबार
1.3kShares
विदेशी मुद्राको नयाँ विनिमयदर, डलर र युरोको भाउ बढ्यो
ncell

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ३१ पैसा कायम भएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ३४ पैसा तोकिएको छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर दुई सय तीन रुपैयाँ ५९ पैसा र बिक्रीदर दुई सय चार रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ।

यसैगरी, स्वीस फ्राङ्क एकको खरिददर एक सय ९३ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ९४ रुपैयाँ ६० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर एक सय आठ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय नौ रुपैयाँ ०७ पैसा तथा क्यानेडियन डलर एकको खरिददर एक सय ९० रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय १० रुपैयाँ २७ पैसा कायम गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सिङ्गापुर डलर एकको खरिददर एक सय १८ रुपैयाँ ७६ पैसा र बिक्रीदर एक सय १९ रुपैयाँ २३ पैसा रहँदा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २२ रुपैयाँ ५१ पैसा तोकिएको छ। जापानी येन १० को खरिददर नौ रुपैयाँ ५२ पैसा र बिक्रीदर नौ रुपैयाँ ५६ पैसा तथा दक्षिण कोरियाली वन एक सयको खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा कायम भएको छ।

खाडी मुलुककातर्फ साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४३ पैसा र बिक्रीदर ४० रुपैयाँ ५९ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८२ पैसा तथा यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४७ पैसा तोकिएको छ।

मलेसियन रिङ्गिट एकको खरिददर ३८ रुपैयाँ २६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ९४ रुपैयाँ ६२ पैसा र बिक्रीदर पाँच सय ९६ रुपैयाँ ६१ पैसा, बहराइन दिनार एकको खरिददर चार सय दुई रुपैयाँ ३९ पैसा र बिक्रीदर चार सय तीन रुपैयाँ ९८ पैसा तथा ओमानी रियाल एकको खरिददर तीन सय ९४ रुपैयाँ ०५ पैसा र बिक्रीदर तीन सय ९५ रुपैयाँ ६१ पैसा कायम भएको छ।

नेपाली बजारमा सबैभन्दा बढी कारोबार हुने भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा यथावत तोकिएको छ।

यस्तै थाइल्याण्डको भाट एकको खरिददर चार रुपैयाँ ६६ पैसा र बिक्रीदर चार रुपैयाँ ६८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६ रुपैयाँ ४७ पैसा, डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ६४ पैसा र बिक्रीदर २३ रुपैयाँ ७३ पैसा तथा हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १९ रुपैयाँ ४४ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने केही फरक हुन सक्ने र सोको अद्यावधिक विवरण केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले उल्लेख गरेको छ।


यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?