National life

तेलको मूल्य घट्यो, प्रतिब्यारेल कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|०८ असार २०८३, सोमबार
895Shares
तेलको मूल्य घट्यो, प्रतिब्यारेल कति ?
ncell

काठमाण्डौ । सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। आज ब्रेन्ट क्रुडको मूल्य १.६४ प्रतिशतले घटेर प्रतिब्यारेल ७९.२५ डलरमा सीमित बनेको छ, भने कारोबार सुरु हुँदा यो ८२.३० डलरसम्म पुगेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यता डब्लूटीआई क्रुडको मूल्य पनि ०.४४ प्रतिशतले घटेर प्रतिब्यारेल ७५.५२ डलरमा झरेको छ ।

इरानले हर्मुज जलमार्ग पुनः बन्द गरेको घोषणा गरेपछि जहाज आवागमनमा उल्लेखनीय गिरावट आएको जनाइएको छ। यसले विश्वको करिब एक–पाँचौँ तेल आपूर्ति प्रभावित हुने चिन्ता बढाएको छ।

अमेरिका र इरानबीच जारी अस्थायी शान्ति सम्झौताअन्तर्गत भएको वार्ता पनि सहज रूपमा अघि बढ्न सकेको छैन। वार्तामा सहभागी अमेरिकी पक्षमा उपराष्ट्रपति जेडी भान्स र इरानी अधिकारीहरूबीच छलफल भएको भए पनि तनाव कायमै रहेको बताइएको छ। साथै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यक परे पुनः सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्।

मध्यपूर्वको अवस्था अझै संवेदनशील बनेको छ, विशेषगरी इरान र आसपासको क्षेत्रबाट हुने भू–राजनीतिक तनावका कारण तेल बजारमा निरन्तर उतार–चढाव देखिएको छ।

यद्यपि पछिल्लो साता आपूर्ति बढ्ने अपेक्षासँगै तेलको मूल्य करिब ८ प्रतिशत घटेको थियो। इराक लगायत केही उत्पादक राष्ट्रहरूले उत्पादन बढाउने योजना सार्वजनिक गरेका छन्, जसले दीर्घकालीन रूपमा आपूर्तिमा सुधार आउन सक्ने अनुमान गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
895SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?