National life

एक ग्राम ७१० मिलिग्राम खैरो हेरोइन सहित दुई जना पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ चैत २०८०, बुधबार
599Shares
एक ग्राम ७१० मिलिग्राम खैरो हेरोइन सहित दुई जना पक्राउ
ncell

काठमाडौं । लागुऔषध खैरो हेरोइन सहित कञ्चनपुरमा दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।

आज बुधबार बिहान पुनर्बास नगरपालिका-११ डोके बजारबाट भारतको बहराइच नानपारा उत्तर प्रदेशका १९ वर्षीय सञ्जय बालमिक र शाहजपुर जिल्ला उत्तर प्रदेशका १९ वर्षीय अर्जुन बालमिकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरू दुवै जनालाई शंका लागेपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको अनुसन्धान समूह र प्रहरी चौकी परासनबाट खटिएको संयुक्त टोलीले चेकजाँच गरेको थियो ।

त्यस क्रममा उनीहरूको साथबाट एक ग्राम ७१० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
दुवै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
599SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?