National life

नक्कली फेसबूक आईडीमा अश्लील फोटो तथा भिडियो राखी चरित्र हत्या गर्ने एकजना पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१३ भदौ २०८०, बुधबार
470Shares
नक्कली फेसबूक आईडीमा अश्लील फोटो तथा भिडियो राखी चरित्र हत्या गर्ने एकजना पक्राउ
ncell

काठमाडाैं । नक्कली फेसबूक आईडी बनाएर चरित्र हत्या गरेको आरोपमा प्रशरीले एकजनालाई पक्राउ गरेकाे छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले नक्कली फेसबूक आईडीमा अश्लील फोटो तथा भिडियो राखी चरित्र हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका–१४ बस्ने २५ वर्षीय सुसन चौगुठीलाई पक्राउ गरेकाे हाे ।

कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार निज चौगुठीले सामाजिक सञ्जाल फेसबूकमा केटी साथीहरुलाई साथी बनाई नजिक भई प्रेमजालमा पारी विभिन्न बहानामा फोटो तथा भिडियो खिच्ने गरेका थिए । उक्त अश्लील फोटो तथा भिडियो नक्कली फेसबूक खाता बनाई सार्वजनिक गर्ने गरेको प्रहरीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रहरीका अनुसार विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कार्य गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकाले निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका चौगुठीलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो भोटाहिटी पठाइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
470SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?