National life

पाेखरामा जुवा खेल्दै गरेको अवस्थामा गाउँपालिका अध्यक्षसहित ७ जना पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०८ भदौ २०८०, शुक्रबार
623Shares
पाेखरामा जुवा खेल्दै गरेको अवस्थामा गाउँपालिका अध्यक्षसहित ७ जना पक्राउ
ncell

काठमाडौँ । पोखराबाट जुवा खेल्दै गरेको अवस्थामा ७ जना पक्राउ परेका छन् । बिहीबार पोखराबाट जुवा खेल्दै गरेको अवस्थामा मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षसमेत पक्राउ परेकाे खुलेको छ ।

पोखरा महानगरपालिका-८ सिर्जनाचोक स्थित होटल लक्ष्मीमा जुवा खेलिरहेको अवस्थामा गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित ७ जनालाई वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो ।

गाउँपालिका अध्यक्ष पक्राउ परेको जुवाखालबाट प्रहरीले ४ लाख ४७ हजार ८० रुपैयाँ बरामद गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेदप्रकाश जोशीलेका अनुसार पक्राउ परेपछि अध्यक्ष लालचनले आफ्नो नाम मोहन थकाली भनेर झुक्काएका थिए । जुवाखालबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष लालचनलाई छुटाउन कास्की कांग्रेस नेताहरु सक्रिय भएकाे प्रहरी स्रोतले उल्लेख गरेको छ ।

जुवाखालबाट उनीसहित मुस्ताङको घोरपझोङका ५७ वर्षीय इन्द्रबहादुर कार्की, नवीप्रसाद थकाली, सिर्जनाचोकका शंकर ज्वारचन, पोखरा महेन्द्रपुलका गुञ्ज हिराचन, रामबजारका राजु गुरुङ र दलबहादुर हिराचन पक्राउ परेका छन्।

 

यो समाचार शेयर गर्नुहोस्
623SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?