National life

१०७ थान सालका कडीसहित ३ पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२१ असोज २०८०, आइतबार
394Shares
१०७ थान सालका कडीसहित ३ पक्राउ
ncell

कैलाली । कैलालीको गोदावरी नगरपालिका–८ सूर्योदय सामुदायिक वन क्षेत्रबाट १०७ थान सालको कडीसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३१५७ नम्बरको ट्रकका चालक बैतडीको पाटन नगरपालिका– ८ का २५ वर्षीय सिद्धराज भट्ट, सोही ठाउँका ट्रकका साहु ४२ वर्षीय देवराज भट्ट र काठका साहु गोदावरी नगरपालिका–८ का २८ वर्षीय मदन छेडाल छन् । उनीहरुलाई आज बिहान ४ बजे तीन लाख रुपैयाँ मूल्य बराबरका सालका कडी, ट्रकसहित पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार प्रहरी सहायक निरीक्षक धर्मराज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई ट्रकमा सालका कडी ढुवानी गर्दागर्दै पक्राउ गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रहरीले घटनाको थप अनुसन्धान गरी कारबाहीका लागि सब–डिभिजन वन कार्यालय अत्तरियामा बुझाउने तयारी गरेको डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले बताए ।

यो समाचार शेयर गर्नुहोस्
394SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?