National life

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने माधव बस्नेतविरुद्ध मुद्दा दर्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ मंसिर २०८०, आइतबार
482Shares
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने माधव बस्नेतविरुद्ध मुद्दा दर्ता
ncell

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप पत्र दायर गरेको छ।

आयोगले आइतबार विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो । राज्यका सुरक्षा निकायहरूमा कार्यरत कर्मचारीहरूले सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेकाले ती निकायहरूमा कार्यरत कर्मचारीहरूको शैक्षिक प्रमाणपत्र छानबिन गरी कारबाही गरियोस् भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा बस्नेतले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय, प्रयागराज, भारतबाट जारी भएको हाई स्कुल तहको नक्कली (झुट्टा) प्रमाणपत्र पेस गरेको सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिएका छन् ।

बस्नेतले राष्ट्रिय अनुसन्धान विभागमा सहायक निरीक्षक पदमा नियुक्ति लिई बढुवासमेत भई अनुसन्धान अधिकृत पदको ओहदा, लाभ र सुविधा प्राप्त गरेको देखिएकोले उनको उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६९१० बमोजिमको कसुर भएको थपलियाको भनाई छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बस्नेतलाई सोही ऐनको दफा १६(१) बमोजिम कैद र जरिवाना हुन माग दाबी लिई विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
482SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?