National life

आज नेप्सेमा सामान्य गिरावट, ८० कम्पनीको शेयर मुल्य बढ्दा १५० कम्पनीको घट्यो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०२ कात्तिक २०८०, बिहिबार
511Shares
आज नेप्सेमा सामान्य गिरावट, ८० कम्पनीको शेयर मुल्य बढ्दा १५० कम्पनीको घट्यो
ncell

काठमाडौं । आज शेयर बजार सामान्य अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ४.०५ अंकले घटेर १,९०३.८४ को विन्दुमा कायम भएको छ ।

Royal Enfield
nic asia capital

आज ८० कम्पनीको शेयर मुल्य बढेको छ भने १५० कम्पनीको मुल्य घटेको छ ।

आज दिनभरिमा २८४ कम्पनीको ३७ लाख ६६ हहजार १५३ कित्ता शेयर किनबेच हुँदा ९७ करोड ६ लाख १२ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नविल बैंकको संस्थापक शेयर कारोबार भएको छ । बैंकको ५ करोड ९० लाख रुपैयाँको संस्थापक शेयर किनबेच भएको हो । प्रभु बैंकको ५ करोड १५ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । नविल बैंकको ३ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, सानिमा जिआईसी इन्स्योरेन्स, एनआईसी एशिया बैंक, आइएमई लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, शिवम सिमेन्टस् र हाथवे इन्भेष्टमेन्टको सर्वाधिक कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सिटिजन्स म्युचुअल फण्ड २ का इकाईधनीले कमाएका छन् । यस फण्डका इकाईधनीले ५.८७ प्रतिशतका दरले कमाएका हुन् । बिपीडब्लु लघुवित्तका लगानीकर्ताले ४.७६ प्रतिशतका दरले कमाएका छन् । सेञ्चुरी डिबेञ्चरका इकाईधनीले ४ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै गरिमा डिवेन्चर २०८५ ले समेत बिहीबार उल्लेख्य कमाई गरेको छ ।

आज सबैभन्दा धेरै अपर सोलु हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८.२५ प्रतिशतका दरले गुमाएका हुन् । त्यस्तै इन्फिनिटी लघुवित्तको ६.७३, आशा लघुवित्तको ६.६१, सयपत्री हाइड्रोपावरको ५.२२ र ज्योति विकास बैंकको ४.९४ प्रतिशतले शेयरमूल्य घटेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
511SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?