National life

आज पनि घट्याे नेप्से, १ अर्ब ४० करोड ८९ लाख रुपैयाँको शेयर कारोबार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०४ भदौ २०८०, सोमबार
482Shares
आज पनि घट्याे नेप्से, १ अर्ब ४० करोड ८९ लाख रुपैयाँको शेयर कारोबार
ncell

काठमाडौं । शेयर बजार आज पनि घटेको छ । आज नेप्से परिसूचक १२.९३ अंकले घटेर १,९९८.२८ को विन्दुमा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज ४८ कम्पनीको शेयर मुल्य बढेको छ भने १७१ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २७२ कम्पनीको ४१ लाख ६३ हजार ८७२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४० करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ८ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइएमई लाइफको ५ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, सोल्टि होटल, घोराही सिमेन्टस, हिमालयन डिष्टलरी, तारागाँउ रिजेन्सी, सानिमा माई हाईड्रोपावर, युनाईटेड अजोड, नेपाल पुनर्बीमा कम्पनी र नबिल बैंकको शेयरको सर्वाधिक कारोबार भएको छ ।

लक्ष्मी लघुवित्त वित्तीय संस्था र आजदेखि दोस्रो बजारमा शेयर कारोबार शुरु भएको कुथेली बुखरीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

त्यस्तै,समलिङ पावर, सुपर मादी, सयपत्री हाईड्रोपावर, लक्ष्मी उन्नती कोष, विन नेपाल लघुवित्त, नबिल बैंकको डिभेञ्चर २०८५, , प्राईम बैंकको डिभेञ्चर ८८, र स्वाभिमान लघुवित्तको शेयर मूल्य बढेको छ ।

त्यस्तै आज सबैभन्दा धेरै मच्छियाम हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७.९९ प्रतिशतका दरले गुमाएका हुन् ।

आज हिमालयन पावर पार्टनर, कृषि बैंकको डिभेञ्चर २०८३, भूगोल इनर्जी, बलेफी पावर, मोदी इनर्जी, मनकामना स्मार्ट लघुवित्त, पिपुल्स पावर, पिपुल्स पावर र थी्र स्टार हाईड्रोपावरको शेयर ओरालो लागेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
482SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?