National life

नेप्सेमा दोहोरो अंकको गिरावट, ४८ कम्पनीको शेयर मुल्य बढ्दा १७२ कम्पनीको घट्यो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१८ असोज २०८०, बिहिबार
623Shares
नेप्सेमा दोहोरो अंकको गिरावट, ४८ कम्पनीको शेयर मुल्य बढ्दा १७२ कम्पनीको घट्यो
ncell

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ११.४ अंकले घटेर १,९५६.९२ को विन्दुमा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज ४८ कम्पनीको शेयर मुल्य बढेको छ भने १७२ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २८० कम्पनीको ३६ लाख ६२ हजार ६२४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १० करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्सको शेयर कारोबार भएको छ । यस कम्पनीको ४ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, नविल बैंकको ३ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भउको छ । सोल्टी होटल्सको ३ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । र हिमालयन लघुवित्तको तीन करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बराही हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.३० प्रतिशतका दरले कमाएका हुन् । यसका साथै, आज इष्टर्न हाइड्रोपावरको ८.२६ प्रतिशत, हिमालयन लघुवित्तको ७.९१ प्रतिशत, प्रोग्रशिभ फाइनान्सको ५.१९ प्रतिशत र अप्पर स्याङ्गे हाइड्रोपावरको लगायका कम्पनीको शेयरमूल्य बढेको छ ।

nic asia capital

आज सबैभन्दा धेरै इन्फिनीटि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९४ प्रतिशतका दरले गुमाएका छन् । मध्य भोटेकोशीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् । सीवाईसी नेपाल लघुवित्तको ५.३१ प्रतिशतले घटेको छ ।

त्यस्तै, सामुदायिक लघुवित्तको ४.२८, दिव्यश्वरी हाइड्रोपावरको ३.९७, साम्लिङ पावर कम्पनीको ३.७५, सयपत्री हाइड्रोपावरको ३.७१, सिक्लेस हाइड्रोपावरको ३.६१, अप्पर हेवाखोलाको ३.५९ र खानीखोला हाइड्रोपावरको ३.२४ प्रतिशतले घटेको छ ।

यो समाचार शेयर गर्नुहोस्
623SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?