National life

नेप्सेमा दोहोरो अंकको गिरावट, ६६ कम्पनी शेयर मुल्य बृद्धि हुँदा १५८ कम्पनीको घट्यो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२२ असोज २०८०, सोमबार
599Shares
नेप्सेमा दोहोरो अंकको गिरावट, ६६ कम्पनी शेयर मुल्य बृद्धि हुँदा १५८ कम्पनीको घट्यो
ncell

काठमाडौं । आज पनि शेयर बजार घटेको छ । आज शेयर बजार नेप्से परिसूचक १२.५८ अंकले घटेर १,९०८.६६ को विन्दुमा कायम भएको छ ।

Royal Enfield
nic asia capital

आज ६६ कम्पनीकाे शेयर मुल्य बृद्धि भएको छ भने १५८ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २८७ कम्पनीको ४३ लाख २७ हजार १७९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १७ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । यस बैंकको ३ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायल नेपाल लाइफको ३ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएकाे छ ।

आज हिमालयन लघुवित्त, सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ, शिवम सिमेन्टस, हिमालयन डिष्टिलरी, नागरिक लगानी कोष, एनआईसी एशिया बैंक, सानिमा जिआईसी र आइएमई लाइफको शेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् ।

आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६.८८ प्रतिशतका दरले कमाएका हुन् । थ्री स्टार हाइड्रोपावरका लगानकिर्ताले ४.४६ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, हिमालयन पावर पार्टनका लगानीकर्ताले ४.३८ प्रतिशत र इमर्जिङ नेपालका लगानीकर्ताले ४.३६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै बराही हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले गुमाएका हुन् ।

हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
599SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?