National life

नेप्सेमा भारी अंकको गिरावट, १९७ कम्पनीको शेयर मुल्य घट्दा ९७ करोडकाे काराेबार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ कात्तिक २०८०, आइतबार
555Shares
नेप्सेमा भारी अंकको गिरावट, १९७ कम्पनीको शेयर मुल्य घट्दा ९७ करोडकाे काराेबार
ncell

काठमाडौं । साताकाे पहिलाे काराेबार दिन आइतबार नेप्सेमा भारी अंककाे गिरावट आएकाे छ । आज शेयर बजार नेप्से परिसूचक २१.४६ अंकले घटेर १,८२६.२३ को विन्दुमा कायम भएको छ ।

Royal Enfield
nic asia capital

आज ३५ कम्पनीको शेयर मुल्य बढेको छ भने १९७ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २८९ कम्पनीको ३५ लाख ५८ हजार ५५४ कित्ता शेयर किनबेच हुँदा ९७ करोड २३ लाख ६७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नविल बैंकको संस्थापक शेयर किनबेच भएको छ । आज नविल बैंकको ४ करोड ६० लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको ३ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६.९७ प्रतिशतका दरले कमाएका छन् । तारागाउँ रेजेन्सीका लगानीकर्ताले ५.४७ प्रतिशतका दरले कमाउका छन् । माया खोला हाइड्रोका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, आज सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । नबिल ब्यालेन्स्ड फण्ड–२, सबैको लघुवित्त, सिटिजन्स म्युचुअल फण्ड–१, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२, इस्ट्रन हाइड्रोपावर, कालिका लघुवित्त र सिवाईसी लघुवित्तको शेयरमूल्य सर्वाधिक घटेको छ ।

यो समाचार शेयर गर्नुहोस्
555SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?