National life

नेप्से परिसूचक सामान्य अंकले बढ्याे, ६२ कम्पनीको शेयर मुल्य घट्दा १४९ कम्पनीको मुल्य बढ्यो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०१ असोज २०८०, सोमबार
1KShares
नेप्से परिसूचक सामान्य अंकले बढ्याे, ६२ कम्पनीको शेयर मुल्य घट्दा १४९ कम्पनीको मुल्य बढ्यो
ncell

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ४.२६ प्रतिशतले बढेर १,९६९ दशमलव १८ को विन्दुमा कायम भएको छ ।

आज १४९ कम्पनीको शेयर मुल्य बढेको छ भने ६२ कम्पनीको शेयर मुल्य घटेको छ ।

Royal Enfield
nic asia capital

आज २७१ कम्पनीको २८ लाख ७४ हजार २७५ कित्ता शेयर किनबेच हुँदा ८७ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिलायबल नेपाल लाइफको शेयर कारोबार भएको छ । आज कम्पनीको ९ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ४ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, साल्ट ट्रेडिङ्गको तीन करोड ९९ लाख रुपैयाँ, एभरेष्ट बैंकको तीन करोड ६० लाख रुपैयाँ र आइएमई लाइफको २ करोड ४२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै थ्रीस्टार हाइड्रोपावर, भुगोल इनर्जि, आरबीबी म्युचअल फण्ड २, मेन्छियाम हाइड्रोपावरलगायत अन्य कम्पनीको शेयरमूल्य बढेको छ ।

आज सबैभन्दा धेरै शुभव पावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतकका दरले गुमाएका छन् ।

त्यस्तै, आज पिपुल्स पावर लिमिटेडको शेयरमूल्य ४.९६ प्रतिशतले घटेको छ । आज समता घरेलु लघुवित्त, सप्तकोशी विकास बैंक, गुँरास लघुवित्त, १० प्रतिशत प्राइम डेबेन्चर २०८८, लक्ष्मी लघुवित्त, सिन्धु विकास बैंक, मैलुङ खोला जलुविद्युत र नेशनल लघुवित्तको शेयरमूल्य सर्वाधिक घटेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?